Top Songs By The Shadows 'Nepal'
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
The Shadows 'Nepal'
Künstler:in
KOMPOSITION UND LIEDTEXT
The Shadows 'Nepal'
Songwriter:in
Lyrics
अनन्त सङ्घर्ष बोकेर अवसादमा
मेरो साँचो रङ्गहरू के बुझ्छन् समाजले यहाँ?
म भित्रको अर्को मान्छे म सँग लड्न खोज्छ
मलाई नै जित्न खोज्छ अनि डराउँछु म
म भित्रको अर्को मान्छे मलाई नै दबाउँछ
म सँगै जुध्न खोज्छ अनि डराउँछु म
जो भेट्छु, सोध्छन् मलाई, के छ मेरो खबर
झुक्किन्छु म, सम्हाल्छु तर म ठिकै छु
मेरा हरेक युद्धहरू म एक्लै नै लड्ने गर्छु
आफै नै जित्ने गर्छु, आफै हार्छु म
मेरा हरेक पानाहरू अन्धकारले कोर्दै गर्छन्
म एक्लै नै जुध्ने गर्छु तर जिउँदै छु म
म भित्रको रङ्गमञ्चमा म आफै नै नाच्ने गर्छु
म आफै कराउँछु, आफै निसासिन्छु
म भित्रको अर्को मान्छे म सँगै लड्न खोज्छ
म सँगै जुध्न खोज्छ अनि डराउँछु म, yeah
एक्लो दिमाग, एक्लै सोच्ने दिमाग
एक्लै, अशक्त यो दिमाग
एक्लै, अशक्त यो सोच्ने दिमाग
Written by: The Shadows 'Nepal'