Lyrics

पारि है पाखा मयालु जोडी भिजायो झरीले
मयालु भाका गाउँदै उड्छे न्याउली चरीले
तिम्रो लागि के गरूँ? भन न
तिम्रो लागि के गरूँ? भन न
आँखामा सजाऊँ कि मुटुमा राखूँ? तिमी नै भन न
आँखामा सजाऊँ कि मुटुमा राखूँ? तिमी नै भन न
पर्दैन केही, नजिक आऊ न
अँगाल मलाई, माया गर न
पर्दैन केही, नजिक आऊ न
अँगाल मलाई, माया गर न
तिम्रो मायामा हराउँछु म
तिम्रो खुशीमा रमाउँछु म
तिम्रो मायामा हराउँछु म
तिम्रो खुशीमा रमाउँछु म
तिमी नै मेरो ढुकढुकी अनि तिमी नै सहारा
रङ्गीन भयो यो मेरो जीवन तिमी नै आएर
आँखामा सजाऊँ कि मुटुमा राखूँ? तिमी नै भन न
आँखामा सजाऊँ कि मुटुमा राखूँ? तिमी नै भन न
पर्दैन केही, नजिक आऊ न
अँगाल मलाई, माया गर न
पर्दैन केही, नजिक आऊ न
अँगाल मलाई, माया गर न
पारि है पाखा मयालु जोडी भिजायो झरीले
मयालु भाका गाउँदै उड्छे न्याउली चरीले
Written by: Basudev Munal
instagramSharePathic_arrow_out