Top Songs By Ram Krishna Dhakal
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Ram Krishna Dhakal
Leadgesang
KOMPOSITION UND LIEDTEXT
Bhim Birag
Texte
PRODUKTION UND TECHNIK
Music Nepal
Produzent:in
Lyrics
नबोलाऊ कसैलाई यहाँ राति-राति
नबोलाऊ कसैलाई यहाँ राति-राति
हो नबोलाऊ कसैलाई यहाँ राति-राति
होसमा हुँदैनन्
होसमा हुँदैनन् कोही राति-राति
नबोलाऊ कसैलाई यहाँ राति-राति
गन्दैन एक्लो जूनलाई कसैले
हो गन्दैन एक्लो जूनलाई कसैले
गन्दैन एक्लो जूनलाई कसैले
तारा गन्ने चलन यहाँ राति-राति
तारा गन्ने चलन यहाँ राति-राति
होसमा हुँदैनन्
होसमा हुँदैनन् कोही राति-राति
नबोलाऊ कसैलाई यहाँ राति-राति
हुँदैन जसको बिपना नै आफ्नो
हुँदैन जसको बिपना नै आफ्नो
हुँदैन जसको बिपना नै आफ्नो
आउँदैन सपना पनि राति-राति
आउँदैन सपना पनि राति-राति
होसमा हुँदैनन्
होसमा हुँदैनन् कोही राति-राति
नबोलाऊ कसैलाई यहाँ राति-राति
उज्यालोमा बदनाम आँखाहरु हुन्छन्
हो उज्यालोमा बदनाम आँखाहरु हुन्छन्
उज्यालोमा बदनाम आँखाहरु हुन्छन्
नहुने के रैछ यहाँ राति-राति
नहुने के रैछ यहाँ राति-राति
होसमा हुँदैनन्
होसमा हुँदैनन् कोही राति-राति
नबोलाऊ कसैलाई यहाँ राति-राति
दिनभरि खाएँ तिमीसँग कसम
हो दिनभरि खाएँ तिमीसँग कसम
दिनभरि खाएँ तिमीसँग कसम
लडखडाउँदै आएँ सधैं राति-राति
लडखडाउँदै आएँ सधैं राति-राति
होसमा हुँदैनन्
होसमा हुँदैनन् कोही राति-राति
नबोलाऊ कसैलाई यहाँ राति-राति
नबोलाऊ कसैलाई यहाँ राति-राति
यहाँ राति-राति
यहाँ राति-राति
यहाँ राति-राति
यहाँ राति-राति
Written by: Bhim Birag