Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Rohit Thapa
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Rohit Thapa
Songwriter:in
Lyrics
दुलही: इर्ष्यामा साह्रै जल्ने येशू तिम्रो हृदय रहेछ
अरू प्रेमीसगं देख्दा मलाई, छटपटाउदै बेदनामा
पोल्ने तिम्रो हृदय रहेछ हो, बोल्ने तिम्रो हेराई रहेछ
येशू: डाही माया गर्छु म त, जल्छ मुटू तिम्रो मायाले,
चोट सहे मैले, ज्यानै दिए, अनन्तलाई आफ्नो बनाउन
संसारबाट रोजे तिमीलाई हो, भीड़ माझ खोजे तिमीलाई
दुलही: म त माया गर्छु, तिमी बिना मर्छु येशू;
अंगालोमा लेऊ मलाई, तिम्रो माया देऊ मलाई
येशू: धेरै जना बीच बाड़िएको मुटू तिम्रो
कसो गरी दिने मलाई? भई दिएछु म त पराई
दुलही: फ्यातुलो भो अंगालो, बाँधी दिने कसो गरेर?
येशू: मलाई मात्र सजाई देऊ, तिम्रो सारा हृदय भरेर।
येशू: कर कापमा होइन, बाध्यता नि छैन सुन
आराधना हो यो रोजाई, प्यासी जीवनको खोजाई
दुलही: सबै छोड़ी आउछु, चोखो माया लाउछुँ अब
सहायता गर्नोस् मलाई, अनुग्रहले भर्नोस् मलाई
येशू: मंगनी गर्छु तिमीलाई, आत्माको औठी दिएर
दुलही: हजुरलाई पर्खन्छु म, मायाको दियो बालेर।
Written by: Rohit Thapa