Lyrics

यतै कुरा, उतै कुरा, कुरा जाने कति-कति
यतै कुरा, उतै कुरा, कुरा जाने कति-कति
मीठा कुरा पस्किएर छुरा हान्ने कति-कति
मीठा कुरा पस्किएर छुरा हान्ने कति-कति
यतै कुरा, उतै कुरा, कुरा जाने कति-कति
कसले के-के भनिदियो? मेरो मान्छे टाढा भयो
हिजोसम्म फूल थियो, आज तीखो काँडा भयो
कसले के-के भनिदियो? मेरो मान्छे टाढा भयो
हिजोसम्म फूल थियो, आज तीखो काँडा भयो
रातोमाटो, चिप्लो बाटो, खुट्टा तान्ने कति-कति
रातोमाटो, चिप्लो बाटो, खुट्टा तान्ने कति-कति
मीठा कुरा पस्किएर छुरा हान्ने कति-कति
मीठा कुरा पस्किएर छुरा हान्ने कति-कति
यतै कुरा, उतै कुरा, कुरा जाने कति-कति
कस्तो रङ्गको हुन्छ कुन्नि मान्छेलाई ढाट्ने मान्छे
मान्छे हो कि हैन कुन्नि झूठो कुरा काट्ने मान्छे
कस्तो रङ्गको हुन्छ कुन्नि मान्छेलाई ढाट्ने मान्छे
मान्छे हो कि हैन कुन्नि झूठो कुरा काट्ने मान्छे
साथीभाइको दुःखेसोमा खुशी मान्ने कति-कति
साथीभाइको दुःखेसोमा खुशी मान्ने कति-कति
मीठा कुरा पस्किएर छुरा हान्ने कति-कति
मीठा कुरा पस्किएर छुरा हान्ने कति-कति
यतै कुरा, उतै कुरा, कुरा जाने कति-कति
यतै कुरा, उतै कुरा, कुरा जाने कति-कति
यतै कुरा, उतै कुरा, कुरा जाने कति-कति
यतै कुरा, उतै कुरा, कुरा जाने कति-कति
Written by: Bhakta Raj Acharya, Rajendra Sara
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out