Music Video

Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Narayan Gopal
Narayan Gopal
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Shambhujeet Baskota
Shambhujeet Baskota
Komponist:in
Kiran Kharel
Kiran Kharel
Texte

Lyrics

मन्दिरमा छ कि मूर्तिमा माया?
मन्दिरमा छ कि मूर्तिमा माया?
पत्थरमा छ कि धूलोमा माया?
कोही त देखाऊ, कोही त बताऊ
खै, कहाँ छ कहाँ, कहाँ छ माया
खै, कहाँ छ कहाँ, कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया?
एक अँजुली मायाको लागि पल-पल हृदय चर्कन्छ
एक अँजुली मायाको लागि पल-पल हृदय चर्कन्छ
सावन र भदौ बनेर आँखा, सावन र भदौ बनेर आँखा
वर्षौँवर्ष बर्सन्छ, वर्षौँवर्ष बर्सन्छ
हाँसोमा छ कि आँसुमा माया?
फूलमा छ कि काँडामा माया?
कोही त देखाऊ, कोही त बताऊ
खै, कहाँ छ कहाँ, कहाँ छ माया
खै, कहाँ छ कहाँ, कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया?
एउटी आमा जिउँदै जल्छे छोराको मायाममतामा
एउटी आमा जिउँदै जल्छे छोराको मायाममतामा
एउटा छोरो मरेर बाँच्छ, एउटा छोरो मरेर बाँच्छ
आमाको सपना-बिपनामा, आमाको सपना-बिपनामा
रगतमा छ कि नातामा माया?
विश्वासमा छ कि वाचामा माया?
कोही त देखाऊ, कोही त बताऊ
खै, कहाँ छ कहाँ, कहाँ छ माया
खै, कहाँ छ कहाँ, कहाँ छ माया
मन्दिरमा छ कि मूर्तिमा माया?
Written by: Kiran Kharel, Shambhujeet Baskota
instagramSharePathic_arrow_out