Top Songs By Ram Krishna Dhakal
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Ram Krishna Dhakal
Leadgesang
KOMPOSITION UND LIEDTEXT
Nhyoo Bajracharya
Komponist:in
Ramesh Kshitiz Giri
Songwriter:in
Lyrics
हेर त तिमी छाति यो चिरी निर्धक्क भएर
हेर त तिमी छाति यो चिरी निर्धक्क भएर
पाउने छौ कथा तिम्रो र मेरो सुनौलो अक्षर
जीवनका तीता वा कति मीठा सम्झना कोरेको
जीवनका तीता वा कति मीठा सम्झना कोरेको
मुटुको धड्कन तिम्रै एक नामले झनन बजेको
हेर त तिमी छाति यो चिरी निर्धक्क भएर
हेर त तिमी आँखामा बसी नानी है बनेर
चिन्नेछौ आफ्नै मुहार तिमी पलकमा लुकेर
हेर त तिमी आँखामा बसी नानी है बनेर
चिन्नेछौ आफ्नै मुहार तिमी पलकमा लुकेर
मिलनका हाँसो वा कति आँशु टपक्क जमेको
मनको ज्योति तिम्रै एक नामले धपक्क बलेको
हेर त तिमी गीतमा पसी लय है भएर
पाउने छौ आफ्नै मनको धनी कविता बनेर
विछोडका पीडा वा कति व्यथा रचना गरेको
दिलको संगम तिम्रै एक नामले सलल बगेको
हेर त तिमी ओठमा बसी हिस्सी है बनेर
चिन्नेछौ लाली तिम्रो र मेरो गहिरो छरेर
हेर त तिमी ओठमा बसी हिस्सी है बनेर
चिन्नेछौ लाली तिम्रो र मेरो गहिरो छरेर
मुस्कानको अग्नि वा कति बोली मुसुक्क हाँसेको
प्यारको मोती तिम्रै एक नामले टलक्क टल्केको
हेर त तिमी छाति यो चिरी निर्धक्क भएर
पाउने छौ कथा तिम्रो र मेरो सुनौलो अक्षर
जीवनका तीता वा कति मीठा सम्झना कोरेको
मुटुको धड्कन तिम्रै एक नामले झनन बजेको
Written by: Nhyoo Bajracharya, Ramesh Kshitiz Giri