Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
The Axe
The Axe
Leadgesang
KOMPOSITION UND LIEDTEXT
The Axe
The Axe
Arrangeur:in
PRODUKTION UND TECHNIK
The Axe
The Axe
Produzent:in
Music Nepal
Music Nepal
Produzent:in

Lyrics

लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ
निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ

मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
जब कतै भेट्छु तिमीलाई, एकोहोरो टोलाइरहन्छु म
हत्केलाले मुहार छोप्दै, लाज मान्दै भागिदिन्छौ तिमी

मुस्काउँदै इसाराले लजाउँदै बोलाऊ मलाई
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
नौलाखे तारामाझमा रोजेँ मैले केवल जूनलाई
मेरो मुटुमाझको ढुकढुकी सोचेँ मैले केवल तिमीलाई

फर्किदेऊ अब तिमी, बचाइराख तिमी मलाई
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ
निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ
लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ
निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
मुटुभित्र राख मलाई, जिउने आधार देऊ मलाई
Written by: The Axe
instagramSharePathic_arrow_out