Top Songs By Tanka Budathoki
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Tanka Budathoki
Künstler:in
Bunu Upreti
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Tanka Budathoki
Komponist:in
Lyrics
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी नेपाल जान्छु सरर
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी नेपाल जान्छु सरर
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी नेपाल आउनू सरर
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी नेपाल आउनू सरर
प्लेन टिकट गरी नेपाल आउनू सरर
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी, बाबा, आउनू है घर
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी, बाबा, आउनू है घर
प्लेन टिकट गरी, नानी, आउँदै छु घर
यसपालि त मैले पनि दामी नाना लाउँछु
मामाघर टीका लाउन बाबासँगै जान्छु
यसपालि त मैले पनि दामी नाना लाउँछु
मामाघर टीका लाउन बाबासँगै जान्छु
गाउँघरको मायालाई भुल्न सक्दिन म
परदेशको माहोलमा रम्न सक्दिन म
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी नेपाल आउनू सरर
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी नेपाल आउनू सरर
प्लेन टिकट गरी नेपाल आउनू सरर
हजुरबुवा-हजुरआमा वृद्ध हुनुहुन्छ
"मर्नुअघि भेट्छु" भन्दै फोनमै रुनुहुन्छ
हजुरबुवा-हजुरआमा वृद्ध हुनुहुन्छ
"मर्नुअघि भेट्छु" भन्दै फोनमै रुनुहुन्छ
यसपालि नि बाआमाको मन नदुखाउनू
"आउँछु, आउँछु" भन्दै "छुट्टी मिलेन" नभन्नू
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी, केटा, आइज नेपाल
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी, केटा, आइज है घर
प्लेन टिकट गरी, केटा, आइज है घर
तल्लाघरे ठूले आए, माथ्लाघरे साने
दशैँ-तिहार मनाउन घर रङ्गाउन थाले
तल्लाघरे ठूले आए, माथ्लाघरे साने
दशैँ-तिहार मनाउन घर रङ्गाउन थाले
नरुनू न, मैले यता तीन महिनाको छुट्टी मिलाइसकेँ
सानोतिनो सपिङ गरी लगेज कसिसकेँ
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी, बाबु, आइज नेपाल
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी, बाबु, आइज है घर
प्लेन टिकट गरी, बाबु, आइज है घर
यसपालि त मेरो दादा विदेशबाट आउने
के-के होला उपहार मेरो लागि ल्याउने?
यसपालि त मेरो दादा विदेशबाट आउने
के-के होला उपहार मेरो लागि ल्याउने?
यसपालिको भाइटीकामा बुनेसँगै हुन्छु
उपहार दुई वर्षको एकैचोटि दिन्छु
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी, दादा, आउनू नेपाल
दशैँ आयो, तिहार आयो, मनै हरर
प्लेन टिकट गरी, दादा, आउनू नेपाल
प्लेन टिकट गरी, दादा, आउनू नेपाल
यसपालि त मैले पनि देउसी खेल्न पाउँछु
"ए, भन, भन, भाइ हो" भन्दै आफै भट्याउँछु
आहै, भन न, भाइ हो (देउसिरे)
आहै, रामरी भन (देउसिरे)
आहै, स्वर मिलाईकन (देउसिरे)
आहै, "देउसिरे" भन (देउसिरे)
आहै, वर्षमा दिनको (देउसिरे)
आहै, चाडबाड (देउसिरे)
आहै, जनाउनैपर्ने (देउसिरे)
आहै, मनाउनैपर्ने (देउसिरे)
आहै, घरबेटी बाबा (देउसिरे)
आहै, घरबेटी आमा (देउसिरे)
आहै, आइपुग्यौँ हामी (देउसिरे)
आहै, देउसिरे खेल्न (देउसिरे)
आहै, भन न, भाइ हो (देउसिरे)
आहै, रामरी भन (देउसिरे)
आहै, स्वर मिलाईकन (देउसिरे)
आहै, "देउसिरे" भन (देउसिरे)
आहै झिलिमिली-झिलिमिली (देउसिरे)
आहै, केको झिलिमिली? (देउसिरे)
आहै, बत्तीको झिलिमिली (देउसिरे)
आहै, फूलको झिलिमिली (देउसिरे)
आहै, हामी त्यसै (देउसिरे)
आहै, आएका हैनौ (देउसिरे)
आहै, बलिमा राजको (देउसिरे)
आहै, हुकुमले (देउसिरे)
आहै, रातोमाटो (देउसिरे)
आहै, चिप्लो बाटो (देउसिरे)
आहै, लड्दैपड्दै (देउसिरे)
आहै, आएका हामी (देउसिरे)
आहै, केराको थम्बा (देउसिरे)
आहै, दश भाइ जम्मा (देउसिरे)
आहै, मिलेर आयौँ (देउसिरे)
आहै, देउसिरे खेल्न (देउसिरे)
आहै, संसारमै राम्रो (देउसिरे)
आहै, चाडबाड हाम्रो (देउसिरे)
आहै, रीतिथिति (देउसिरे)
जोगाउने काम हाम्रो (देउसिरे)
आहै, त्यसैमा हुँदा (देउसिरे)
आहै, देउसीमा भैलो (देउसिरे)
आहै, खेल्दैमा आयौँ (देउसिरे)
आहै, दैलोमा दैलो (देउसिरे)
आहै, झिलिमिली झिल्ला (देउसिरे)
आहै, सेलरोटी मिल्ला (देउसिरे)
आहै, आखुम-बाखुम (देउसिरे)
आहै, सेलरोटी चाखुम् (देउसिरे)
आहै, छानामाथि (देउसिरे)
आहै, घिरौँला (देउसिरे)
आहै, के-के दिन्छन् (देउसिरे)
आहै, हेरौँला (देउसिरे)
आहै, भन न, भाइ हो (देउसिरे)
आहै, रामरी भन (देउसिरे)
आहै, स्वर मिलाईकन (देउसिरे)
आहै, "देउसिरे" भन (देउसिरे)
आहै, हजुरको घरमा (देउसिरे)
आहै, रमाइलो भयो (देउसिरे)
आहै, आशिष् दिने (देउसिरे)
आहै, पालो आयो (देउसिरे)
आहै, यसैमा घरका (देउसिरे)
आहै, परेवापन्छी (देउसिरे)
आहै, उड्दामा खेरि (देउसिरे)
आहै, आकाशै ढाकून् (देउसिरे)
आहै, बस्दामा खेरि (देउसिरे)
आहै, संसारै ढाकून् (देउसिरे)
आहै, बस्दामा खेरि (देउसिरे)
आहै, संसारै ढाकून् (देउसिरे)
आहै, यसैमा घरका (देउसिरे)
आहै, लालाबाला (देउसिरे)
आहै, दूबोजस्तै (देउसिरे)
आहै, मौलाउँदै जाऊन् (देउसिरे)
आहै, यसैमा घरका (देउसिरे)
आहै, बाबाआमा (देउसिरे)
आहै, वरपीपलजस्तै (देउसिरे)
आहै, तपिमा रहून् (देउसिरे)
आहै, फलामै छुँदा (देउसिरे)
आहै, सुनै बनोस् (देउसिरे)
आहै, ढुङ्गा छुँदा (देउसिरे)
आहै, हीरैमा बनोस् (देउसिरे)
आहै, यसैमा घरमा (देउसिरे)
आहै, लक्ष्मीले (देउसिरे)
आहै, सधैँभरि (देउसिरे)
आहै, बासै गरून् (देउसिरे)
आहै, यसपालिको (देउसिरे)
आहै, देउसीको आशिष् (देउसिरे)
आहै, वरदानजस्तै (देउसिरे)
आहै, लागिमा रहोस् (देउसिरे)
आहै, लेकको काने (देउसिरे)
आहै, बेँसीको माने (देउसिरे)
आहै, आशिष् दिन (देउसिरे)
आहै, यति नै जानेँ (देउसिरे)
Written by: Tanka Budathoki