Top Songs By Tanka Budathoki
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Tanka Budathoki
Künstler:in
Ashok Darji
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Tanka Budathoki
Komponist:in
Lyrics
खाली हात आउँछ मान्छे, खाली हातै जान्छ
एउटा कुरा सधैँभरि सत्य रहन्छ
खाली हात आउँछ मान्छे, खाली हातै जान्छ
एउटा कुरा सधैँभरि सत्य रहन्छ
खाली हात आउँछ मान्छे, खाली हातै जान्छ
ए चरी, भन्, ए आकाश, भन्
ए चरी, भन्, ए आकाश, भन्
किन मान्छेले मान्छेलाई सानाे बनाउँछन्?
किन मान्छेले मान्छेलाई सानाे बनाउँछन्?
फेर्ने हावा त एउटै, टेक्ने माटाे नि एउटै
कसरी भयाे त फरक? भगवान् पनि त एउटै
उदाउने सूर्य एउटै, लाग्ने घाम नि एउटै
कहिलेसम्म याे विभेदमा मर्ने हाेला मान्छे जिउँदै?
ए चरी, भन्, ए आकाश, भन्
ए चरी, भन्, ए आकाश, भन्
किन मान्छेले मान्छेलाई सानाे बनाउँछन्?
किन मान्छेले मान्छेलाई सानाे बनाउँछन्?
एउटा कुरा सधैँभरि सत्य रहन्छ
खाली हात आउँछ मान्छे, खाली हातै जान्छ
सत्य, सानाे-ठूलो त मान्छे उमेरले हुन्छ
तर पैसाले यहाँ मान्छे "ठूलो हुँ" भन्छ
सत्य, एउटाको रगत यहाँ अर्काेलाई मिल्छ
तर छाेएकाे पानी किन नचल्ने भन्छ?
ए चरी, भन्, ए आकाश, भन्
ए चरी, भन्, ए आकाश, भन्
किन मान्छेले मान्छेलाई सानाे बनाउँछन्?
किन मान्छेले मान्छेलाई सानाे बनाउँछन्?
एउटा कुरा मनमा सधैँ लागिरहन्छ
कहिलेसम्म मान्छे कुरा नबुझेझैँ गर्छ?
ए चरी, भन्, ए आकाश, भन्
काे-को आजको युगमा पनि जात ठूलो भन्छन्?
को-को आजको युगमा पनि पैसा ठूलो भन्छन्?
को-को आजको युगमा पनि धर्म ठूलो भन्छन्?
काे-को आजको युगमा पनि जात ठूलो भन्छन्?
को-को आजको युगमा पनि पैसा ठूलो भन्छन्?
को-को आजको युगमा पनि धर्म ठूलो भन्छन्?
Written by: Tanka Budathoki