Top Songs By Haree Lamichhane
Credits
KOMPOSITION UND LIEDTEXT
Haree Lamichhane
Songwriter:in
Lyrics
मनै खुशी छैन भने
ब्यर्थै किन हास्नु छ र
जिबन छ छैनौ तिमी
भने किन बाच्नु छ र ?
धेरै देखें दुनियामा
धेरै देखें दुनियामा
तिमीलाई नै हो मन पराको
तर किन तिमी आज
तर किन तिमी आज
गयौ पर मनै बाट
सम्बन्ध नै छैन भने
ब्यर्थै किन गास्नु छ र?
जिबन छ छैनौ तिमी
भने किन बाच्नु छ र ?
छोडी जाने मन भए
माया किन गरेउ तिमीले
हृदय भरी आँसु लि
कति बाच्नु अब मैले
आज खुशी छैन भने
भोली के लाई साच्नु छ र ?
जिबन छ छैनौ तिमी
भने किन बाच्नु छ र ?
आकाश बाट तारा झर्दा
तिम्रै नाम लिन्छु मैले
अतित् का सबै कुरा भुलि
के माफी दिन्छौ भन तिमीले
बांचेर नै जिउदो लास छु
अब के लाई मर्नु छ र ?
जिबन छ छैनौ तिमी
भने किन बाच्नु छ र ?
मनै खुशी छैन भने
ब्यर्थै किन हास्नु छ र ?
जिबन छ छैनौ तिमी
भने किन बाच्नु छ र ?
Written by: Chatra Lama, Haree Lamichhane