Lyrics

बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
तर आज तिमीले मलाई भुल्यौ कसोरी
भुल्यौ कसोरी
बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
बिर्सेको छैन अझै आँखाको त्यो अनसन
मान्छेहरु त्यसलाई गहिरो चिनजान भन्छन्
बिर्सेको छैन अझै आँखाको त्यो अनसन
मान्छेहरु त्यसलाई गहिरो चिनजान भन्छन्
त्यही चिजजानको पखेरीमा फुलेथ्यो सुनाखरी
तर आज तिमीले मलाई भुल्यौ कसोरी
भुल्यौ कसोरी
बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
तिम्रो संघारभरि सधैं मन्द मन्द पवन
पवन चल्दा निलाम्य सधैं हुन्थ्यो त्यो गगन
तिम्रो संघारभरि सधैं मन्द मन्द पवन
पवन चल्दा निलाम्य सधैं हुन्थ्यो त्यो गगन
त्यही निलाम्य गगनमा भेटेथें एउटी परी
तर आज तिमीले मलाई भुल्यौ कसोरी
भुल्यौ कसोरी
बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
तर आज तिमीले मलाई भुल्यौ कसोरी
भुल्यौ कसोरी
बिताएथें तिमीसँग दुइचार घाम दुइचार झरी
Written by: Bhim Rana 'Jigyasu', Kiran Kandel
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out