Lyrics

छेउमै बसे रिसाउने, टाढा भए बिझाउने
छेउमै बसे रिसाउने, टाढा भए बिझाउने
मलाई मात्र यस्तो हो कि पिरतीको जातै नहुने?
हो, मलाई मात्र यस्तो हो कि पिरतीको जातै नहुने?
यति छाती चिरिँदैन पहिरो जाँदा पहाडमा
यति छाती चिरिँदैन पहिरो जाँदा पहाडमा
भोक छैन, निन्द्रा छैन
भोक छैन, निन्द्रा छैन, निर्मोहीको सम्झनामा
मुटुमाझ हिउँ पऱ्यो, केले मात्र सेकिरहने?
मुटुमाझ हिउँ पऱ्यो, केले मात्र सेकिरहने?
मलाई मात्र यस्तो हो कि पिरतीको जातै नहुने?
हो, मलाई मात्र यस्तो हो कि पिरतीको जातै नहुने?
बाडुल्कीमा बोलाएथेँ, बुझिन कि पापिनीले
बाडुल्कीमा बोलाएथेँ, बुझिन कि पापिनीले
सिरानी त पल्टाएथेँ
सिरानी त पल्टाएथेँ, छलेछ कि सपनीले
उडी जाऊँ, पङ्ख छैन, कुरी बसूँ, जुगै जाने
उडी जाऊँ, पङ्ख छैन, कुरी बसौँ, जुगै जाने
मलाई मात्र यस्तो हो कि पिरतीको जातै नहुने?
हो, मलाई मात्र यस्तो हो कि पिरतीको जातै नहुने?
छेउमै बसे रिसाउने, टाढा भए बिझाउने
मलाई मात्र यस्तो हो कि पिरतीको जातै नहुने?
हो, मलाई मात्र यस्तो हो कि पिरतीको जातै नहुने?
Written by: Aalok Shree, Dinesh Adhikari
instagramSharePathic_arrow_out