Lyrics

आफ्नु भाग्य भन्दा बढी समयको सीमा अघि
आफ्नु भाग्य भन्दा बढी समयको सीमा अघि
केही हुन्न, हुँदै हुन्न, नयाँ निधार फेरिदैन
टाउकै फोरे पनि हजुर
हो टाउकै फोरे पनि हजुर
के के गर्छु भन्यो सोच्यो, धेरै धेरै रहर पाल्यो
के के गर्छु भन्यो सोच्यो, धेरै धेरै रहर पाल्यो
आज जे भो भैगो भन्यो, भोलि फेरि दौड्न थाल्यो
पहाड जति चढे पनि
पहाड जति चढे पनि मनको शिखर भेटिदैन
ज्योतिषीलाई देखाए नि, नयाँ चिना लेखाए नि, हस्तरेखा फेरिदैन
हातै काटे पनि हजुर
हो हातै काटे पनि हजुर
आफूलाई दूधैदूधले नुहाएको जस्तो ठान्यो
आफूलाई दूधैदूधले नुहाएको जस्तो ठान्यो
अरुलाई दुष्मन मान्यो, झुक्याएर छिर्की हान्यो
छल गरेर बल गरेर
छल गरेर, बल गरेर, कुनै खुशी भेटिदैन
मठमन्दिर धाए पनि, देउतै साथी भए पनि, भाग्य फेर्न सकिदैन
ज्यानै फेरे पनि हजुर
हो ज्यानै फेरे पनि हजुर
आफ्नु भाग्य भन्दा बढी समयको सीमा अघि
आफ्नु भाग्य भन्दा बढी समयको सीमा अघि
केही हुन्न, हुँदै हुन्न, नयाँ निधार फेरिदैन
टाउकै फोरे पनि हजुर
हो टाउकै फोरे पनि हजुर
हो हातै काटे पनि हजुर
हो ज्यानै फेरे पनि हजुर
Written by: Nawa Raj Lamsal, Shila Bahadur Moktan
instagramSharePathic_arrow_out