Top Songs By Ram Krishna Dhakal
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Ram Krishna Dhakal
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Bulu Mukarung
Komponist:in
Renu Subba Rai
Texte
Lyrics
सागरबिच रह्यो जीवन, तरौँ भन्छु, नाउँ छैन
जता जान्छु उतै दुख्छु
जता जान्छु उतै दुख्छु, सास फेर्ने ठाउँ छैन
सागरबिच रह्यो जीवन
मेरो ब्यथा बुझ्नेलाई पीडा धेरै-धेरै हुन्छ
मेरो ब्यथा बुझ्नेलाई पीडा धेरै-धेरै हुन्छ
जीवन कथा सुन्नेलाई विरहले सधैँ छुन्छ
जीवन कथा सुन्नेलाई विरहले सधैँ छुन्छ
दुखियाको दुनियाँमा आफ्नो भन्ने कोही छैन
जता जान्छु उतै दुख्छु
जता जान्छु उतै दुख्छु, सास फेर्ने ठाउँ छैन
सागरबिच रह्यो जीवन
घायल छ जीवन मेरो, जिउन मलाई गाह्रो भयो
घायल छ जीवन मेरो, जिउन मलाई गाह्रो भयो
हात टेकी हिँडिरहेँ, मर्न अझै साह्रो भयो
हात टेकी हिँडिरहेँ, मर्न अझै साह्रो भयो
हिँड्दा हिँड्दै थाके पनि बसौँ भन्ने कोही छैन
जता जान्छु उतै दुख्छु
जता जान्छु उतै दुख्छु, सास फेर्ने ठाउँ छैन
सागरबिच रह्यो जीवन, तरौँ भन्छु, नाउँ छैन
जता जान्छु उतै दुख्छु
जता जान्छु उतै दुख्छु, सास फेर्ने ठाउँ छैन
सागरबिच रह्यो जीवन
Written by: Bulu Mukarung, Renu Subba Rai