Lyrics

पलपल तिम्रै याद आइदिन्छ
हरसाँझ, हरप्रहर तिम्रै साथ खोज्छ
बिर्सनलाई खोजे पनि
तर याद आइदिन्छ
तर याद आइदिन्छ
खुशीमा, दुःखमा, हाँसोमा, रोदनमा
तिमीलाई मुटुभित्र सजाएथेँ
हो, मिलनमा, बिछोडमा, हारमा, जीतमा
तिमीलाई आफ्नो बनाएथेँ
हर ढुकढुकीमा तिम्रै चाल छ
हर सास-सासमा तिम्रै प्राण छ
बिर्सनलाई खोजे पनि
तर याद आइदिन्छ
तर याद आइदिन्छ
तिमीलाई भुलेर तिमीलाई गुमाएँ
अब म बाँच्न सक्दिन
हो, तिमीले चुमेका, तिमीले सुम्पेका
ती दिनहरू अब म भुल्दिन
हर फूलहरूमा तिम्रै सुवास छ
हर धुनहरूमा तिम्रै आभास छ
बिर्सनलाई खोजे पनि
तर याद आइदिन्छ
तर याद आइदिन्छ
Written by: Beni Madhav Bhattarai
instagramSharePathic_arrow_out